कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा दीपक कार्की

Nepal Cover
१ फाल्गुन २०७८, आईतवार
image

कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा दीपक कार्की

काठमाडौं-सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्कीलाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिईएको छ ।

महाअभियोगको प्रस्तावका कारण प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेसँगै कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीलाई दिईएको हो ।

अब कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन् ।

संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकारवाही गर्न पाइँदैन

सत्तारुढ गठबन्धनका गगन थापा, मीनेन्द्र रिजाल, पम्फा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ लगायत ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता गराएका छन् ।

कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा दीपक कार्की