February 15, 2022
राष्ट्र उत्थान लघुवित्तको आईपीओ बिक्रिमा
काठमाडौँ-राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले भोली फागुन ४ गते देखि आईपीओ बिक्रिमा ल्याउने भएको छ ।
कम्पनीले कुल ८ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) को बिक्रि खुला गर्ने भएको हो ।
कुल निष्काशनको ५ प्रतिशतले हुन आउने ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानीकोषको लागि छुट्टाईएको छ ।
त्यस्तै १३ हजार कित्ता सेयर कर्मचारी र बाँकी ७ लाख ९४ हजार ५ सय कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
आईपीओमा भोली (फागुन ४ गते) देखि फागुन ८ गते बैंकिङ्ग कारोबार समयमा आवेदन दिनु पर्ने छ ।
कम्पनीले भोली बिक्रि खुला भएर छिटोमा फागुन ८ गते र ढिलोमा १८ गते निष्काशन बन्द हुने भनेको छ ।
ढिलोमा भनेको अघिल्लो मितिसम्ममा माग गरिएको भन्दा कम आवेदन परेमा हो ।
पछिल्लो समय निष्काशन हुने आईपीओहरुमा माग भन्दा कम्तिमा पनि ५० प्रतिशत भन्दा बढी आवेदन पर्ने गरेको छ ।
कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत मिती २०७५ सात फागुन ८ गते देखि “घ” वर्गको लघुवित्त वित्तीय संंस्थाको रुपमा सञ्चालन हुँदै आएको हो ।
घ वर्गको वित्तीय संस्थाको रुपमा सञ्चालन भएको करिब ३ वर्ष भएकाे छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम साविकको गैर सरकारी संस्था नेपाल ग्रामीण विकास संस्थाको रुपमा २०५४ साल देखि लघुवित्त कारोबार गर्दै आईरहेको थियो ।
संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं.१३ स्थित साँगमा रहेको छ ।
हाल ९५ शाखा कार्यालयहरुबाट कारोबार संचालन गरेको गर्दै आईरहेको छ ।
राष्ट्र उत्थान लघुवित्तको आईपीओ बिक्रिमा
प्रकाशित मिति:February 15, 2022