दसै खर्च सम्म माग्ने सचिब सिंह भौतिक ताक्दै-कर्मचारी आतंकित

  Sampatti News

February 16, 2022

दसै खर्च सम्म माग्ने सचिब सिंह भौतिक ताक्दै-कर्मचारी आतंकित

काठमाडौँ—नेपाल सरकारका सचिव रमेश प्रसाद सिंह निजामती प्रशासन बृतमा निकै बदनामी कमाएका सचिव हुन् ।

शहरी बिकाश तथा भवन निर्माण बिभागमा हुदा यिनले गरेको चलखेल तथा कमाएको अमुत सम्पती बारे कुरा गर्दा अहिले पनि प्रशासनका कर्मचारी उनको फेहरिस्त सुनाउने गर्दछन् ।

उनको यि यावत् हर्कत भने त्यस बेलाका शहरी बिकाश मन्त्रि प्रभु साहबाट प्रेरित भएर गरेका थिए ।

उनको ति क्रियाकलाप राम कुमारी झाक्री मन्त्री भएर उक्त मन्त्रालयमा गएसँगै रोकिन पुगेको थियो ।

मन्त्री झाक्रीले उनको स्वइच्क्षाचारी कार्यमा नियन्त्रण गर्न थालेपछी उनले कार्यलय तथा मन्त्रालय मार्फत हुने कार्यसम्पादनमा असहयोग गरेर रुकावट पैदा गर्न थाले ।

तत् पश्चात उनलाई नियन्त्रण गर्न मन्त्रालयले सरुवा गरेर अतिरिक्त सचिवको रुपमा राख्न बाध्य भएको थियो ।

यो बीचमा यिनको मनपरीतन्त्रले आजित भएका कर्मचारीलाई केही समयदेखी राहत भने मिलेको छ ।

अहिले उठाउने धन्धा नभएपछि पानी बिनाको माछा जस्तै बन्न पुगेका सचिब सिह नेताहरूको घरदैलो गर्न थालेका छन् ।

जहाँ पुग्यो त्यहीँ उठाउने धन्धामा सक्रियता देखाउने उनले आफन्तहरुको नाममा दर्ता गरेका परामर्श कम्पनीहरु खडा गरेर मन्त्रालयका कामहरु कब्जा नै गरेका थिए ।

गत दसैंमा रातिराती सहरी बिकास मन्त्रालय अन्तर्गतका आयोजनाहरुका प्रमुखलाई फोन गरेर दसैं खर्च समेत छोडेन भन्ने सन्दर्भ यतिबेला भौतिक भित्र अहिले पनि चर्चामा आउने गरेको छ ।

उनि फेरी भैतिकमै फर्कन नेताको घरदैलो गर्न थालेको खबरले धेरै कर्मचारी आतंकित भएको समाचार श्रोतले बताएको छ ।

अहिले सचिब सिंह फेरी अतिरिक्तबाट भौतिक पुर्वाधार मन्त्रालय ताकेर मन्त्रीका आफन्त र पार्टी अध्यक्ष उपेन्द्र यादबलाई चुनाव खर्च उठाइदिन्छु मलाई लैजानोस भन्दै नेताहरूको घर दैलो गरेको बिषय मन्त्री निकट कतिपयले निको मानेका पनि छैनन ।

रकम बोकेर भौतिक भित्र्याउन लागेकाहरु पनि पात्रको अतित हेर्दा कहिले प्रभु साह त कहिले राजेन्द्र महत्तो जो सँग पनि सजिलै रङ्ग फेर्ने कलामा निपुण उनलाई रकमकै लोभमा बोक्न बाध्य भएको बुझिन्छ ।

उनलाई नजिक बाटै नियालेका जानकारहरु भने उनलाई जगेडा मै राख्दा हितकर हुने बताउछन् ।

शहरी विकास मन्त्रालय अन्र्तगतका निकायहरुमा बस्दा रकम असुलेर त्यो रकमको बलमा सहरी मन्त्रालयको सचिबमा छिरेका सिंह अहिले फेरी पाए भौतिक त्यसपछि उर्जा त्यो पनि नभए सिचाइमा फर्कने दाउपेचमा छन् ।

उनको उक्त क्रियाकलाप सँगै उक्त कार्यलयका कर्मचारी आतंकित मनस्थितिमा रहेको बुझिएको छ ।

उनी जान खोज्ने कार्यालय आफै फेरी बदनाम हुने आम कर्मचारीको चिन्ताको बिषय भएको देखिएको छ ।

सेटिङ्ग,कमिसन तथा आफ्नो अख्तियारीको दुरुपयोग गर्नेको सुचिको पहिलो नम्बरमा सुचिकृत सचिव सिंहको ओम्नी लगायतका बिवादास्पद कम्पनीसँग सोझै साठगाठ रहेको समाचार स्रोतको दावी रहेको छ ।

यस्तो बिवादास्पद छवि बोकेका सचिव सिंहलाई महत्वपुर्ण जिम्मेवारी दिईएमा उनको कुकृत्यका कारण राज्यले दिर्घकालिन समस्या भोग्ने जन प्रशासनका जानकारहरुले बताएका छन् ।

दसै खर्च सम्म माग्ने सचिब सिंह भौतिक ताक्दै-कर्मचारी आतंकित

प्रकाशित मिति:February 16, 2022