एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्र तनावग्रस्त

  Sampatti News

February 16, 2022

एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं-एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप भएको छ ।

काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा झडपकाे कारण तनावको स्थिति श्रृजना भएकाे छ ।

झडपमा वाईसीएल संयोजक सुमन देवकोटा घाइते भएका छन् ।

प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ ।

प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेको छ ।

केही प्रदर्शनकारी संसद भवनको एक नम्बर गेट (सिभिल अस्पतालतर्फको गेट)सम्मै पुगेका थिए । ती प्रदर्शनकारीलाई प्रहरीले हटाएको छ ।

प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरा प्रयोग गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान भएको भेटवार्तामा आजको संसद बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ ।

भोलि दिउँसो सत्ता गठबन्धनका नेताहरुको बैठक बसेर एमसीसीबारे निर्णय गर्ने बताइएको छ ।

सभामुख अग्नि सापकोटाले पनि दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय सुनाएका हुन् ।

एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्र तनावग्रस्त

प्रकाशित मिति:February 16, 2022