भट्टराईको अध्यक्षतामा कर्मचारी सङ्गठनमा नयाँ नेतृत्व

Nepal Cover
२० फाल्गुन २०७८, शुक्रबार
image

भट्टराईको अध्यक्षतामा कर्मचारी सङ्गठनमा नयाँ नेतृत्व

नेपाल निजामती कर्मचारी सङ्गठनका भक्तपुर जिल्ला कार्यसमितिको ११औँ अधिवेशनले लेखनाथ भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सङ्गठनको थिमिमा बिहीबार अबेर राति सम्पन्न अधिवेशनले उपाध्यक्ष (खुला) मा वसन्त चापागाईँ, उपाध्यक्ष (महिला) मा कल्पना बस्नेत, सचिवमा बिष्णुहरि आचार्य, कोषाध्यक्षमा शोभा गैँडा घिमिरे, र सहसचिवमा भीमप्रसाद शर्मा चयन हुनुभएको निवर्तमान अध्यक्ष बद्री कोइरालाले जानकारी दिनुभयो ।

सदस्यमा सदस्य खुला पशुपति गैँडा, भवानीप्रसाद पाण्डे, रुपेश गेलाल, रामप्रसाद गैँडा, युवराज ढकाल, महिलातर्फ अम्बिका दाहाल, निर्मला लामा, शाहजिमा खातुन, अनिता पौडेल र दलित सदस्यतर्फ सन्तोषी नेपाली चयन हुनुभएको छ ।

केन्द्रीय प्रतिनिधितर्फ बद्री कोइराला, तेजविक्रम कार्की, रामबहादुर रोकाया, रामप्रसाद पोखरेल, सङ्गीता ढुङ्गेल तथा प्रदेश प्रतिनिधितर्फ कल्पना बस्नेत, कुवेरबहादुर खड्का, विष्णुहरि आचार्य, टङ्क शिवाकोटी, कृष्ण धिमाल, पुष्पराज गुरागाईँलाई सर्वसम्मत चयन गरिएको छ ।