गैँडा मारी खाग चोरी गरेको आरोपमा एक जना पक्राउ

  Sampatti News

March 4, 2022

काठमाडौं-चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारी खाग चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

चितवन कालिका नगरपालिका-२ घर भएका ४० वर्षीय राजन प्रजालाई प्रहरीले काठमाडौं महानगरपालिका-१६ वनस्थलीमा लुकिछिपी हिँडेको अवस्थामा पक्राउ परेका हुन्।

‘२०७८ साल असार महिनामा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारी खाग चोरी गरी लगेको घटनामा संलग्न रहेका प्रजा फरार थिए ।

महानगरीय प्रहरी बृत्त बालाजुबाट सादा पोशाक समेतको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागी चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

प्रकाशित मिति:March 4, 2022