भौतिक पुर्वाधार मन्त्रालयको बिज्ञमा मिश्र

  Sampatti News

March 4, 2022

काठमाडौ-नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्री परिषदकार्यालयको फागुन १६ गतेको निर्णयले पुर्वाधार बिज्ञमा रेल बिभागका पुर्व महानिर्देशक बलराम मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सोही निर्णय अनुसार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको विशेषज्ञको रुपमा आज मन्त्री रेणु यादवले मिश्रलाई नियुक्तिपत्र दिनु भयो ।

लामो समय पुर्वाधार बिकास प्रशासनको अनुभव सगाल्दै कुशलता पुर्वक आफ्नो कर्तव्य पूरा गर्नुभएका मिश्रको नियुक्ति सगै भौतिक मन्त्रालय मातहतका कर्मचारीले खुसी व्यक्त गरेका छ्न ।

भर्खरै नियुक्त भएका मिश्र केही महिना अघि रेल बिभागको महानिर्देशक बाट जागिरे सेवा सकिए सँगै आफ्नो समय प्राविधिक क्षेत्रको बिकासमा समर्पित गर्दै आउनु भएको थियो ।

मिश्र अबका दिनबाट मन्त्रालयको यो जिम्मेवारीलाई बहन गर्दै जन अपेक्षा अनुसारको काममा लाग्नुहुने अपेक्षा गरिएको छ ।

बिगतमा जहाँ जहाँ रहेर काम गरेपनि परिणाममुखी काम गर्ने छवि बनाएका मिश्रको नियुक्तले मन्त्री यादवलाई मात्रै होइन सिङ्गो सरकार कै निम्ति पुर्वाधार बिकासको रफतार अगाडि बढाउन र जनमुखी काम गर्न सहज हुने प्राबिधिक बिश्लेषकहरुको धारणा रहेको छ।

प्रकाशित मिति:March 4, 2022