तराई मधेश द्रुतमार्गको निरीक्षणमा रक्षासचिव र प्रधानसेनापति शर्मा

  Sampatti News

March 9, 2022

काठमाडौं-नेपाली सेनाको नेतृत्वमा बनिरहेको मुलुकको राष्ट्रिय गौरवका आयोजना काठमाडौँ–तराई मधेश द्रुतमार्गको रक्षासचिव र प्रधानसेनापति शर्माले स्थलगत निरिक्षण गरेका छन् ।

निर्माणाधीन काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजनाको प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले स्थलगत निरीक्षण गरेका हुन् ।

शर्माद्वयले बुदुने रानीसेरास्थित शिविर तथा सिस्नेरी, महादेवटार, मख्खुवेशी, लेनडाँडा सडकखण्डको स्तलगत निरिक्षण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

शर्माद्वयले निर्माणाधीन महादेवटार सुरुङ खण्ड (प्याकेज एक) र लेनडाँडा–धेद्रे सुरुङ खण्ड (प्याकेज २) ठेक्का सम्झौताअनुरूप अधिकतम जनशक्ति र आवश्यक मेशिनरी उपकरणको परिचालन गर्दै गुणस्तर कायम गरी समयसीमाभित्र कार्य जिम्मेवारी पूरा गर्न पदाधिकारीलाई निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सचिव शर्माले द्रुतमार्ग आसपासमा बस्ने प्रत्यक्ष र अप्रत्यक्षरूपमा प्रभावित स्थानीय समुदायलाई परियोजनाबाट समुदायलाई हुने लाभबारे विस्तृतरूपमा जानकारीसमेत गराएका थिए ।

विसं २०८१ को पुससम्ममा यस सडक ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोडिने बताईएको छ ।

७२.५ किमी लम्बाइ रहेको तराईलाई काठमाडौसँग जोडने यस आयोजना सम्पन्न भए पश्चात तराई काठमाडौको दुरी छोटो हुनका साथै आधा भन्दाबढी ढुवानी खर्च जोगिने बताईएको छ ।

प्रकाशित मिति:March 9, 2022