वनका २ सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर

  Sampatti News

March 20, 2022

काठमाडौँ-सुनसरीको आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिव दिपक थापा मगर र जनक थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिहरु विरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले दिपक थापा मगरसँग २ लाख ९३ हजार ३७२ रुपैयाँ ५१ पैसा र जनक थापासँग ७० हजार ८५ रुपैयाँ ३८ पैसा बिगो दाबी गरी भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सुनसरीको साबिक वराहक्षेत्र गाविस वडा नं. ३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहको सचिव रहँदा थापाद्वयले सामुदायिक वनमा वृक्षारोपण र तार घेराको नाममा अत्यधिक रकम खर्च देखाएको, चेक काटी रकम हिनामिना गरेको, समूहमा दाखिला गर्नुपर्ने रकम खाई मासेर आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड ९घ० बमोजिम अधिकतम सजाय माग गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति:March 20, 2022