न्याय सेवा बैठक १८५ जनाको सरुवा: दुई न्यायाधीशमा सिफरिस

  Sampatti News

March 21, 2022

न्याय सेवा बैठक १८५ जनाको सरुवा: दुई न्यायाधीशमा सिफरिस

काठमाडौँ-न्याय सेवा आयोगको बैठकले १८५ जना कर्मचारीको सरुवा गरेको छ ।

बैठकले न्याय सेवाका ११ जना सहसचिव, ४० उपसचिव र १३४ जना अधिकृतको सरुवा गरेको हो ।

आइतबार बसेको आयोगको बैठकले न्याय सेवाका धेरै कर्मचारीको एकै पटक सरुवा गरेको हो ।

बैठकले जिल्ला न्यायाधीशको परीक्षा उतीर्ण गरेका दुई जनालाई जिल्ला न्यायाधीशमा सिफरिस गरेको छ ।

लिखित परीक्षा र अन्तर्वार्ता परीक्षा उतीर्ण गरेका भुवन गिरी र ओमबहादुर सोडारीलाई आयोगले जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो ।

न्याय सेवा बैठक १८५ जनाको सरुवा: दुई न्यायाधीशमा सिफरिस

प्रकाशित मिति:March 21, 2022