कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण कोषमा कर्मचारी सञ्चयकोषको ५ करोड सहयोग

Nepal Cover
२१ चैत्र २०७६, शुक्रबार
image

काठमाडौं । कर्मचारी सञ्चयकोषले कोरोना भाइरस संक्रकण,रोकथाम तथा नियन्त्रणको लागि ५ करोड रूपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।


विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्धारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सञ्चय कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ करोड रूपैंया आर्थिक सहयोग गरेको जानकारी गराएको छ ।


कर्मचारी सञ्चय कोषको संचालक समितिको अध्यक्षमा (अर्थसचिव राजस्व ) का रामशरण पुडासैनीलाई नेपाल सरकाले नियुक्त गरको छ । पुडासैनी कोषको अध्यक्ष नियुक्त भएसँगै बसेको पहिलो बैठकले कोरोना नियन्त्रणको लागि ५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरको हो ।