११ उपसचिवको सरुवा

Nepal Cover
८ चैत्र २०७८, मंगलवार
image

काठमाडौँ-सरकारले ११ जना उपसचिवको सरुवाको निर्णय गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बसेको बैठकले ११ जना उपसचिवको सरुवा गरेको हो।

स्रोतका अनुसार रतुवामाई नगरपालिका मोरङका प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्साल, आदिवासी जनजाति आयोगका पवित्र प्रकाश शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी उपसचिव अजिता शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ ।

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवद्वय ईश्वर व्यञ्जनकार र वैकुण्ठराज गौतमको क्रममा मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ ।

राष्ट्रिय भूमि आयोग ताहाचलका उत्तम कुमार घिमिरेको राष्ट्रिय योजना आयोग काठमाडौँमा सरुवा भएको छ भने महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव कुमार प्रसाद कोइराला लोक सेवा आयोग पुगेका छन् ।

यसैगरीमन्त्रालयले यातायात व्यवस्था विभागका उपसचिव डा। लोक नाथ भुसाललाई राष्ट्रिय योजना आयोग, रक्षा मन्त्रालयका प्रदीप सुवेदीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका अर्जुन गौतमको कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा अन्तर्गत र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव चेतनाथ अर्याललाई जिल्ला समन्वय समितिको कार्यालय धादिङमा पठाएको छ ।