प्रहरीमा एकै चोटी ३ हजार १ सय १६ जनाको बढुवा

  Sampatti News

March 25, 2022

प्रहरीमा एकै चोटी ३ हजार १ सय १६ जनाको बढुवा

काठमाडौँ-प्रहरी प्रधान कार्यालयले वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको छ ।

सबै पदमा गरेर प्रहरीले ३१ सय १६ जनालाई बढुवाको सिफारिस गरेको हो ।

प्रहरी नियमावलीमा भएको दसौँ संशोधनप्रकाशित भएसँगै नयाँ सृजना भएको दरबन्दीमा बढुवा सिफारिस गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले नायब निरीक्षक रहेका १ सय ९१ जनालाई वरिष्ठ नायब निरीक्षक, हवल्दार रहेका १ हजार १ सय ७३ जनालाई वरिष्ठ हवल्दार र प्रहरी जवान रहेका १ हजार ७ सय ५२ जनालाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालय बढुवा समितिका अनुसार वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्नुपर्ने १ हजार १ सय ७१ मध्ये १ सय ९१ जनाको बढुवा सिफारिस भएको हो ।

यस्तै बढुवा हुने ३ हजार ३ सय ८३ मध्ये हाल १ हजार १ सय ७३ वरिष्ठ हवल्दार र बढुवा हुने १४ हजार ५ सय ६७ सिपाहीमध्ये १ हजार ७ सय ५२ को बढुवा भएको हो ।

प्रहरीमा एकै चोटी ३ हजार १ सय १६ जनाको बढुवा

प्रकाशित मिति:March 25, 2022