भोजपुरमा सत्ता साझेदार दलबीच सबै स्थानीय तहमा तालमेल

Nepal Cover
२७ चैत्र २०७८, आईतवार
image

आगमी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् ।

केन्द्रको निर्णयबमोजिम शनिबार यहाँ बसेको स्थानीय पाँच दलको बैठकले जिल्ला समन्वय समिति, नौ स्थानीय तह र ८१ वटैमा वडामा तालमेल गरेर अघि बढ्ने निर्णय संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझी, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य अजम्बर काङमाङ राई, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सङ्घीय सांसद सुदन किराँती, कांग्रेस भोजपुरका सभापति विनोद बान्तावा, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य रमेश शाक्यको उपस्थिति थियो ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रामसिंह राई, एकीकृत समाजवादी भोजपुरका अध्यक्ष वीरजङ्ग राई र जनता समाजवादी पार्टी नेपाल भोजपुरका अध्यक्ष आशकुमार राईलगायतको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।