साझाका तीन वटा बिजली बस तातोपानी आइपुगे

  Sampatti News

April 13, 2022

काठमाडौं । साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि ल्याउन लागेका तीन वटा तातोपानी नाका आइपुगेको छ ।

चीनको उकालो सडकमा बिजली बसको ‘ग्रेडबिलिटी टेस्ट’ (उकालो तान्न सक्ने क्षमता) परीक्षण गरेपछि नेपालतर्फ ल्याइएको दी गो’ कम्पनीले जानकारी दिएको छ ।

पहिलो चरणमा साझाले तीन वटा बिजुली बस काठमाडौं ल्याउँदै छ ।

चीनको नानजिंगस्थित सीएचपीसी कम्पनीको विद्युतीय बसको कारखनामा ती बस तयार भएका हुन् ।

ती बस काठमाडौं आइपुगेपछि उपत्यकाका सडकमा प्ररीक्षण सफल हुनासाथ बाँकी ३७ वटा पनि ल्याउने साझाले जानकारी दिएको छ ।

प्रकाशित मिति:April 13, 2022