आजदेखि विक्रम सम्वत २०७९ सालको पहिलो दिन-नयाँ वर्ष मनाइँदै

  Sampatti News

April 14, 2022

काठमाडौं । आजदेखि विक्रम सम्वत २०७९ सालको पहिलो दिन ।
नयाँ वर्ष २०७९ साल आजदेखि सुरु भएको छ ।

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।
नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्काको न्याँ वर्षको शुभकामना दिदै व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ ।

सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।

आज वर्षको दिनमा बिहानै स्नान गर्ने, घर, कोठा(आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास रहेको छ ।

प्रकाशित मिति:April 14, 2022