स्वास्थ्य सेवा विभागले माग्यो ८ जना कर्मचारी (सूचनासहित)

  Sampatti News

April 15, 2022

काठमाडौँ । स्वास्थ्य सेवा विभागले (कोभिड–१९) प्रतिकार्यका लागि कर्मचारी माग गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको प्रतिकार्यका लागि ८ जना कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ ।
सातै प्रदेशमा एक-एक जना र एक जना व्यवस्थापन महाशाखाका लागि गरी आठ जना कर्मचारी माग गरेको हो ।

आज (शुक्रबार) जारी सूचनामा फार्मेसी वा जनस्वास्थ्य विषयमा स्नातक गरेको वा फार्मेसी विषयमा डिप्लोमा पास गरी सम्बन्धित क्षेत्रमा कम्तीमा तीन वर्ष कार्य अनुभव भएकाहरुले दरखास्त दिन सकिने उल्लेख गरिएको छ ।

योग्यता पुगेका इच्छुकले १० दिनभित्र आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति:April 15, 2022