कस्तो छ आजको मौसम पूर्वानुमान ? पानी पर्छ कि पर्दैन ?

  Sampatti News

April 16, 2022

काठमाडौं – आज पनि राष्ट्रि जल तथा मौसम पुर्वानुमान महाशाखाले देशभरका मौसमकोे प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

देशभर आज (शनिबार) पनि मौसममा आंशिक देखि सामान्य बदलीको अवस्था रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छ।

देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित क्षनिक वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र सहित क्षनिक वर्षाको सम्भावना रहेको राष्ट्रि जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति:April 16, 2022