आज देशका कुन कुन स्थानमा वर्षाको सम्भावना ?

  Sampatti News

April 18, 2022

काठमाडौं – आज (सोमबार) पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरमा मौसम बारे विवरण सार्वजनिक गरेको छ ।
मोसम पूवानुमान अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित मिति:April 18, 2022