काठमाडौँ । विश्वभर फैलिरहेको कोरोना त्रास व्यहोरीरहेका विदेशमा रहने नेपालीहरु आफुहरु बसेको ठाउँमा जोगिनुपर्ने एकाितिर छ भने अर्काे तर्फ मातृभूमिको यादसँगै परिवारका सदस्यहरुकाे सम्झनाले चिन्तीत बन्दैछन् ।
तर, पनि जोखिम मोलेरै भएपनि आफ्नो सहयोगी मन र भावनालाई एकाकार गर्दै विदेशमा रहने नेपालीहरु स्वदेशप्रति चिन्तीत मात्र छैनन्, सहयोगि हातहरु अगाडी बढाउँदै छन् भन्ने कुरा दक्षिण कोरीयामा बस्ने नेपालीहरुले थालेको सहयोगी अभियानले पुष्टि गराएको छ ।
आफ्नो जन्मभूमिमा कोरोनाको त्रासका कारण कुनै पनि नेपालीले दुः खद क्षणको सामना गर्नु नपरोस् भन्दै दक्षिण कोरिया बस्ने दयालु मनहरु एकै ठाउँमा जुटी एक व्यत्ति एक किटको अभियान थालेको गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरीयाका संयोजक डा.देवीबहादुर वस्नेतले जानकारी गराउनुभएको छ ।

यो अभियान अन्तर्गत २ हजार थान ग्राउन पीपीइ सेट, मास्क १० हजार, सर्जिकल मास्क २० हजार, गुगल्स २ हजार, प्रोटेक्टीङ भाइजर २ हजार, ग्लोब्स १० हजार, ज्वरो नाप्ने थर्ममिटर ५ सय थान, मिनी किट ४ हजार लगायतका करोडौ मूल्य पर्ने पठाएका सामाग्रीहरु आज नेपाल आइपुगेको छ ।
विश्वव्यापी आक्रमक रुपमा फैलिएरहेको कोरोना —१९ भाइरस नियन्त्रणको लागि नेपाल सरकारले थालेको अभियानलाई सहयोग पुर्याउने अभियानका साथ गैरआवसीय नेपाली संघ राष्ट्रिय परिषद् दक्षिण कोरीयाले कोरीयामा रहेका विभिन्न संघ संस्थासँगको सहकार्यमा सञ्चालित आर्थिक सहयोग संकलन अभियान अन्तर्गत सकंलित रकम मार्फत कोरियामा खरिद गरि नेपाल सरकारलाई पठाएको डा. देवीबहादुर वस्नेतले सम्पत्ति न्यूजलाई बताउनु भयो ।
कोरीयामा बस्ने नेपालीहरुको सहयोगमा खरिद गरिएको सामाग्री यतिबेला नेपाल आइपुगेको छ । सो स्वास्थ्य सामाग्रीहरु कोरियन एयरबाट आए लगत्तै सरकारका अधिकारीहरुले बुझीसकेका छन् ।
स्मरणीय रहोस् कोरीयामा बस्ने झण्डै ४५ हजार नेपालीहरुको नेतृत्व गर्ने संघ संस्थालगायतका सहयोगी हातहरुबाट संकलित रकमले खरिद गरिएका स्वास्थ्य सामाग्रीहरु नेपाल सरकारले नेपालका सबै प्रदेशमा पठाइ सहि ढङगले आवश्यकताको आधारमा प्रयोग गर्ने छन् भन्ने कुरामा कोरीयामा बसी सहयोगी अभियानमा लाग्नेहरु पुर्ण रुपमा विश्वस्त देखिन्छन् ।
यो अभियानमा अहोरात्र खटिरहेका डा. देवीबहादुरले आफ्नो फेसबुक पोष्टमा भनेका छन् । अभियान थालेको तीन दिनमै १ करोड ४० लाख रकम जम्मा गर्न सफल भएको उक्त पोष्टमार्फत जानकारी समेत गराएका छन् ।
आफुहरु पनि कोरोना त्रासमै बाँचिरहेको भएतापनी जन्मभूमिको मायाँले कोरीयामा बस्ने नेपालीहरुले गरेको यो सहयोगी भावनाको सन्देश विश्वमै छरिएर रहेका नेपालीहरुलाई प्रवाह भएको डा. वस्नेत बताउनु हुन्छ ।
कोरियामा सामाजिक सेवा गर्दै हरहमेशा दुः ख कष्ट व्यहोरी रहेका नेपालीहरुलाई सहयोग गर्ने अभियानमा जुट्दै आएको राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरीयाले भोलीका दिनमा पनि यस्ता सहयोगी अभियानहरु मातृभूमिका लागि गर्ने प्रतिवद्धता समेत डा.वस्नेतले व्यक्त गर्नुहुन्छ । ०७२ सालको भूकम्प जाँदा होस या अरु मातृभूमिमा आइपर्ने विपत्तिहरुमा कोरीया बस्ने नेपालीहरुको सहयोगि हातहरु सधै नेपाल तर्फ लम्किरहने उहाँको भनाइ छ ।
