ललितपुरमा अक्सिजन प्लान्ट विस्फोट: १ काे मृत्यु ४ घाइते

  Sampatti News

April 21, 2022

काठमाडौँ-सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो भने चार जना घाइते भएका हुन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले अक्सिजन भर्ने क्रममा एक्कासि विस्फोट भएको जानकारी दिएका छन् । प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

प्रकाशित मिति:April 21, 2022