लकडाउनमा उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्रालयको सक्रियता बढ्यो

  Sampatti News

April 10, 2020

काठमाडौँ । उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्रालयले आफ्नो मातहतका निकायलाई नतिजामुखि काम गराउन सक्रियता बढाएको छ । यसैबीच यस मन्त्रालय अन्र्तगत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइन सेवाबाट खाद्यान्न होम डेलिभरी सेवा सुरु थालेको छ  ।
खाद्यान्न होम डेलिभरीका लागि अर्डर लिन नेपालफुड डटकम अनलाइन पोर्टल तयारी अवस्थामा रहेको कम्पनीको सूचना प्रविधि टिमले यो पोर्टलको अन्तिम परीक्षण गर्दैछ यो काम कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीमार्फत भइरहेको मन्त्रालयका उपसचिव पारु काफ्लेले बताउनु भएको छ ।
यसैगरी, आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको सक्रियतामा मन्त्रालयले अबदेखि उपभोक्तहरुको घरसम्मै खाद्यान्न पुर्याउने अभियान सुरु गरिएको मन्त्रालयका उपसचिव काफ्लेले सम्मत्ति न्यूजलाई बताउनु भयो ।
काफ्लेका अनुसार अब प्रविधिको उपयोग गरी उपभोक्ताहरुले समयको भरपुर सदुपयोग गर्ने छन् । हाम्रो मन्त्रालयको टिम यसैमा केन्द्रीत छ । लकडाउनले उपभोक्ताहरुका मागलाई कुनै असर नपारेको उहाँको भनाइ छ । बजारमा ग्यास, खाद्यन्नलगायतका उपभोग्य वस्तुहरु सहजरुपमा उपभोक्तहरुले प्राप्त गरुन भन्ने हाम्रो उद्देश्यअनुसार कामहरु भइरहेको मन्त्रालयका आर्थिक महाशाखा प्रमुख काफ्लेले सम्पत्ति न्यूजलाई बताउँदै भन्नु भयो ।
यसैगरी, म डेलिभरीका लागि अर्डर लिन नेपालफुड डटकम अनलाइन पोर्टल तयारी अवस्थामा रहेको र कम्पनीको सूचना प्रविधि टिमले यो पोर्टलको अन्तिम परीक्षण गरीरहेको उहाँले बताउनु भयो । परीक्षण सफल भएपछि उपभोक्ताको घरसम्मै खाद्यान्न पुर्याउन अभियान सुरु गर्ने उहाँले बताउनु भयो ।

वाणिज्य तथा आपुत्र्ति मन्त्रालयका सचिव अर्यालका सक्रियतामा सरकारी कम्पनीहरूले अनलाइन अर्डर लिएर उपभोक्ताको घरसम्म खाद्य सामग्री पुर्याउन लागेको यो पहिलोपटक हो । अहिलेसम्म सोही कम्पनी र अर्को सार्वजनिक संस्थान साल्ट ट्रेडिङ कर्पोरेसनले घुम्ती सेवामार्फत खाद्यान्न टोल–टोलमा वितरण गर्दै आइरहेको उपसचिव काफ्लेको भनाइ छ ।
लकडाउनलाई लक्षित गरी अनलाइन सेवा कार्यान्वयन गर्न लागेको मन्त्रालय स्रोतले जनाएको छ । ‘हामीले लकडाउनमा धेरैभन्दा धेरै उपभोक्तालाई घरसम्मै खाद्यान्न पु(याउने योजना बनाएका छौँ, । लकडाउन अवधिभर सामान अर्डर गर्ने उपभोक्तालाई डेलिभरी चार्ज नलिने समचार स्रोतले बताए । अहिले कम्पनीले खाद्यान्नको मूल्यमा समेत १० प्रतिशत छुट दिएको उहाँको भनाइ छ ।
यसैगरी वाणिज्य तथा आपुर्ति हकहित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीको समेत सक्रियता बढेको छ ।
लकडाउनको अवधिमा विहानै देखि महानिर्देशक सुवेदी आफ्नो चेम्बरमा पुगि उपभोक्तको हितमा क्रियाशिल योजनामा तल्लिन भएकोले पनि उपत्यकामा लकडाउनको असर नदेखिएको विभागका एक कर्मचारी बताउँछन् ।

पारु काफ्ले, उपसचिव , उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्रालय

प्रकाशित मिति:April 10, 2020