तराईका बिभिन्न जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस

  Sampatti News

April 24, 2022

काठमाडौं – तराईका बिभिन्न जिल्लामा बिहानदेखि नै घाम लागेको छ । तर, वाग्मती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र प्रदेश–१ का पहाडी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बद्ली भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

उहाँकाअनुसार यी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने अनुमान छ । काठमाण्डौ उपत्यकामा भने आज पानी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । यस्तै, पानी नपर्दा तराईका जिल्लामा गर्मी लगातार बढ्दो छ ।

गएको २४ घण्टामा भैरहवाको अधिकतम तापक्रम ४० दशमलव २ डिग्री सेल्सियस पुगेको छ । यस्तै, जनकपुरको ३९ दशमलव ५ डिग्री सेल्सियस, नेपालगञ्जको ३९ डिग्री सेल्सियस, सिमराको ३८ दशमलव ५ डिग्री सेल्सियस, दिपायलको ३८ दशमलव ८ डिग्री सेल्सियस, धनगढीको ३७ दशमलव ७ डिग्री सेल्सियस पुगेको छ ।

तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह गरेको छ।

प्रकाशित मिति:April 24, 2022