आज कुन-कुन प्रदेशमा वर्षाको सम्भावना ?

  Sampatti News

April 25, 2022

काठमाडौं -आज पनि राष्ट्रिय जल तथा मौसम पूवानुमान महाशाखाले देशभरका मौसमको प्रभाव बारे विवरण सावजनिक गरेको छ । हाल प्रदेश १ मा आंशिक बदली रहेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक(-स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी राती पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूवानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति:April 25, 2022