बुटवलका दम्पती जंगलमा मृत अवस्थामा फेला

  Sampatti News

April 25, 2022

काठमाडौं – ६ दिनअघि आफन्त भेट्न गएका बुटवलका एक दम्पती आइतबार सामुदायिक वनको जंगलमा मृत अवस्थामाफेला परेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं-७ शिव नगर सामुदायिक वनको जंगलमा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहाुर केसीले बुटवल उपमहानगरपालिका वडा नं। ११ बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठको शव भेटिएको बताए ।

उनीहरु गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका र घर नफर्किएपछि खोजी गर्दै जाँदा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार दम्पतीका छोराहरू वैदेशिक रोजगारीमा रहेको र उनीहरू घरमा छोरी तथा बुहारीसँग बस्दै आएको छ । प्रहरीले यो घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति:April 25, 2022