मनकारी नानु विरामी पासाङलाई भेटेरै सहयोग गर्न लकडाउनकै बेला अस्पताल पुगिन

  Sampatti News

April 12, 2020

बि एण्ड बी अस्पतालमा उपचार गराइरहेका पासाङ तेम्बा लामाको चरम आर्थिक अभावको कारण उपचार नै रोकिएको खबर सुने लगत्तै बौद्धकी समाजसेवी नानु (देशमायाँ ) लामा लकडाउन छिचोल्दै आइपर्ने अवरोधको प्रवाह नै नगरी अस्पताल आइपुगेकी हुन् । उनले बेड नम्बर ३०५ मा उपचाररत पासाङलाई बेडमै आर्थिक सहयोग स्वरुप ३० हजार हस्तान्तरण गरेकी छिन् ।

दुखद घडिमा कसैको पिंडामा टुलुटुल हेरेर बस्न नसक्ने मनकारी स्वाभावकी नानुको सहयोगी भावनाको सन्देश स्वरुप आर्थिक अभावमा उपचार गराइरहेका लामाको उपचारका लागि सहयोग जुट्ने क्रम बढेको छ ।
त्यसैगरी, लामाको स्वास्थ्य उपचारको लागि सुन्दरीजल निवासी छिरीङ डोल्माले ६० हजार, बौद्ध वस्ने प्रेम लामाले ५ हजार सहयोग गरेका छन् ।
अस्पतालमा तिर्नुपर्ने १ लाख ३५ हजार मध्ये हालसम्म ९० हजार सहयोग उठिसकेको छ भने झण्डै ४० हजार नपुगेकाले पासङ तेम्बाको डिस्चार्ज हुन सकेको छैन । बाँकी रकम संकलन भएपछि पासाङ अस्पतालबाट डिस्चार्ज हुने अस्पताल स्रोतले बताएको छ ।


सिन्धुपाल्चोक हेलम्बु स्थायी घर भएका बौद्ध बस्ने पासाङलाई लकडाउनको छैटौ दिन एकाएक मुटुको धड्कन बढेर हटहाट्याक भएपछि सोही दिन चार तलाबाट झारी एम्बुलेन्सको सहयोगमा प्रेस काउन्सील नेपालका सदस्य एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय गोविन्दप्रशाद चौलागाई अस्पताल पुर्याउनु भएको थियो ।


चौलागाईकै सहयोगमा पासाङलाई बि एण्ड बि पुर्याइ ३०५ बेडमा भर्ना गरीएको थियो ।
शारीरीक अशक्त लामासँग आर्थिक रकम नभएकाले १५ हजार धरौटी राखि काउन्सील सदस्य चौलागाईले भर्ना गरेपनि १६ दिनको उपचार पछि लामाको ज्यान त बच्यो तर अस्पतालको बिल तिर्न नसक्दा उनलाई डिस्चार्ज गर्न भने कठिनाइ भइरहेको थियो ।


यस्तो आर्थिक अभावमा अस्पतालमै बस्नुपर्ने बाध्यतालाई दुर गर्न खबर सुन्ने वित्तिकै अस्पतालमै पुग्नु भएकी समाजसेवी कर्मवीरकी धनी मनकारी नानु लामा अस्पतालमै पुगेर आर्थिक सहयोग गरेपछि अरु आर्थिक सहयोग गर्नेहरुले पनि चाँसो दिन थालेका छन् ।
यसरी एकाएक सानो आग्रहमा अस्पताल मै आएर मनका धनबिर नानू लामा(देशमाया), छिरिङ डोल्मा र प्रेम लामाले सहयोग स्वरुप रकम दिनुभएपछी रकमको अभावमा मानसिक तनाव बेहोरीरहेका पासाङ अब भने केही रकम पुगेपछि अस्पतालबाट छुटकारा पाउने भएका छ्न ।

शारीरीक रुपमा अशक्त बौद्ध धर्मका गुरुसमेत रहेका पासाङ तेम्बालाई यसअघिपनि अस्पताल पुग्नुभएकी नानु देशमायाँले सहयोग गर्दै आउनुभएको बिरामी स्वयम बताउँछन् । ‘बिरामीका अनुसार हजारौ चेलाहरु बनाए तर म यस्तो अवस्थामा विरामी हुँदा नानु देशमाया जस्तो मनकारी अरु पनि होलान् तर मैले अहिलेको अवस्थामा अस्पतालको बेडबाट महशुस गर्न सकिन । मलाई सहयोग गर्ने देशमाया, गोविन्दजी, प्रेमजी र छिरीङ डोल्मा लगायत सबैलाई धन्यबाद ।’ — उनले भने ।


बैंक बन्द यातायात बन्द घरमै बस्नुपर्ने बाध्यात्मक परिस्थिति छिचोल्दै लकडाउनको यस्तो संबेदनसिल अबस्थामा अस्पतालमै आएर एक अशक्त लाई सहयोग गरेको यो दृश्यले समाजमा यस्ता मुटु भएका दानबिर पनि छ भन्नकुराको पुष्टि गरेको छ ।


समाजमा हुने मानवीय गुणका कारण सामान्य आर्थिक अबस्थामा बाचेकाहरुले पनि समस्या आइपरेको बेलामा ज्यान जोगाउन सकेका छ्न भन्ने कुरालाई नानुको सहयोगबाट पेम्बाको उपचार खर्च उपलब्ध भएको सन्दर्भले पुष्टि गराएको छ ।

मान्छे सङ मान्छे डराउनु पर्ने बेला आफ्नो पारिवारिक दवावलाई समेत वेवास्ता गर्दै अस्पताल मै आएर मनै देखी सेवाभाब दर्शाउनु हुने मनकारीहरुलाइ हृदयदेखि नै सलाम गर्नेहरुको सङख्या भने यो खबर सुनेपछि बढ्दै गएको छ ।

प्रकाशित मिति:April 12, 2020