कस्तो छ आजको मौसम ?

  Sampatti News

April 26, 2022

काठमाडौं – आज पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका मौसम बारे विवरण सावजनिक गरेको छ ।
हाल पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू-भागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति:April 26, 2022