आज चट्याङ्ग सहित वर्षाको सम्भावना

  Sampatti News

April 27, 2022

काठमाडौं – आज पनि राष्ट्रिय जल तथा मौसम पूवानुमान महाशाखाले देशभरका मौसमको प्रभाव वारे विवरण सावजनिक गरेको छ ।

आज दिउँसो देशको गण्डकी प्रदेश र प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बागमती प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रहि बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १ का पहाडी भू-भागका केही स्थानहरू र गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ।

त्यसैगरी राती पनि देशको प्रदेश १ का पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित मिति:April 27, 2022