कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा चार राजदूतवासले आर्थिक सहयोग गर्ने

  Sampatti News

April 12, 2020

काठमाडौं । विश्वव्यापी फैलिएको कोरोनात्रास बिच नेपालमा संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारको लागि स्थापीत कोषमा चार नेपाली चार राजदूतावासले आर्थिक सहयोग गर्ने भएका छन् ।
दक्षिणपूर्व एसिया तथा प्रशान्त क्षेत्रमा कार्यरत चार नेपाली राजदूतले नेपाल सरकारद्वारा स्थापित कोरोना कोषमा आआफ्नो एक÷एक महिनाको तलब प्रदान गर्ने भएका छन् ।
चार राजदुतबीच सामूहिक निर्णय भएको अस्टे«लियाका लागि नेपाली राजदूत महेशराज दाहालले बताए ।
दाहालाका अनुसार नेपाली राजदूतहरु मलेसियाका लागि उदयराज पाण्डे, म्यान्मारका लागि भीमकृष्ण उदास, अस्ट्रेलियाका लागि दाहाल र थाइल्यान्डका लागि गणेशप्रसाद ढकालले कोषमा योगदान गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति:April 12, 2020