फार्मेसीका संचालकद्धारा पत्रकारलाई प्रेस ज्याकेटसहित सुरक्षा सामग्री हस्तान्तरण

  Sampatti News

April 12, 2020

काठमाडौं । आरफ फार्मेसीका संचालक एम युवा व्यावसायि ठाकुर पोखरेलले पत्रकारलाई प्रेस ज्याकेट, मास्क र स्यानेटाइजर हस्तान्तरण गरेका छन् । आइतबार प्रेस संगठन नेपाललाई पोखरेलले ५० सेट प्रेस ज्याकेट ५ सय पिस मास्क र ५० पिस स्यानिटाइजर हस्तन्तरण गरेका हुन् ।
देश लकडाउन भएको र पत्रकारहरु फ्रन्टलाइनमा बसेर रिपोटिङ गर्न अप्ठारो भएको महसुस गरेकोले प्रेस ज्याकेट लगायतका स्वस्थ्य सामग्री हस्तान्तरण गरेको व्यावसायि पोखरेलले बताए ।
सधै फिल्डमा खटिने पत्रकारको आवश्यकतालाई ध्यानमा राखेर प्रेस संगठन काठमाडौंले सुरक्षा सामग्रीसहित प्रेस ज्याकेट वितरण गरेको प्रेस संगठन काठमाडौंका संयोजक सागर पन्तले बताए ।

प्रकाशित मिति:April 12, 2020