अब काठमाडौंमा प्रत्येक महिना उत्कृष्ट प्रहरी पुरस्कृत हुने

Nepal Cover
५ मंसिर २०७५, बुधबार
image

काठमाडौं । आगामी बैशाख १ गतेदेखि काठमाडौंमा प्रत्येक महिना उत्कृष्ट प्रहरी पुरस्कृत हुने भएका छन् । काठमाडौं प्रहरी परिषरले हरेक महिना उत्कृष्ट डीएसपी देखि जवानसम्मलाई काठमाडौं प्रहरी अवार्ड’ भनेर नगदसहित सम्मान गर्ने भएको छ ।

काठमाडौं परिषरका एसएसपी विश्वराज पोखरेलका अनुसार बंगलादेश बैंक लिमिटेडको आर्थिक सहयोगमा प्रत्येक महिना प्रहरी अधिकृत मध्ये उत्कृष्ट प्रहरी नायब उपरीक्षक लाई ५० हजार, प्रहरी निरीक्षक लाई ३५ हजार, प्रहरी नायब निरीक्षक  लाई २५ हजार, प्रहरी सहायक निरीक्षक लाई २० हजार, हवल्दारलाई १५ हजार र जवानलाई १० हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान  गरिने छ ।

यसका लागि  प्रहरी र नेपाल बंगलादेश बैंक लिमिटेडबीच एक सम्झौता भएको छ । जसअनुसार यस सम्झौतामा एसएसपी पोखरेल र बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

उत्कृष्ट छनौट भएका कर्मचारीलाई एक औपचारिक समारोहका बीच प्रमाण–पत्रसहित नगद पुरस्कारले पुरस्कृत गरिनेछ।बैंकले प्रहरी अधिकारीलाई पुरस्कृत गर्न एक वर्षसम्मलाई १८ लाख ६० हजार रुपैयाँ उपलब्ध गराउनेछ ।