१० तले घरको छतबाट खसेर एक जनाको मृत्यु

  Sampatti News

May 4, 2022

काठमाडौं । काठमाडौंको ठमेलमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
काठमाडौको ठमेल नरसिंह चोक बस्ने ६२ वर्षीय न्हुछे नारायण महर्जनको आफ्नै घरको छतबाट खसेर मंगलबार दिउँसो मृत्यु भएको हो ।

महर्जनले आफ्नै १० तले घरको छतमा पानी ट्याङ्की राख्ने ठाउँ हेर्न जाने क्रममा छतबाट चिप्लिएर खस्दा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौं जनाएको छ । यस घटनाबारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:May 4, 2022