कैलालीमा मात्रै पाँचजनाः नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

  Sampatti News

April 13, 2020

कैलाली । कैलालीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नम्बर १ की ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमण पुष्टि भएकी महिलालाई लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । त्यहाँ ती महिलाको र्या्पिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि काठमाडौँ भठाएको र राष्ट्रिय जन–स्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पनि पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले बताए ।
अस्पतालका प्रमुख डा. तिमिल्सिनाले संक्रमितलाई एम्बुलेन्सबाट सेती प्रादेशिक अस्पताल पठाइने तयारी भइरहेको बताए । यो सँगै कैलालीमा कोरोना संक्रमितको संख्या पाँच पुगेको हो ।
यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

हिजो बागलुङमा एकजना महिलामा कोरोना देखिएको थियो । र्या्पिड टेष्टमा उनमा कोरोना देखिएपछि थप परीक्षणका लागि उनको स्वाब पोखरा पठाइएको बताइएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको हो ।


पछिल्लो समयमा नेपालमा एकाएक संक्रमित देखिन थालेका छन् । विश्वलाई भयावह बनाएको कोरोनाबाट हामी पनि अछुतो त रहेनौ तर त्यस्तो भयावह स्थिती भने भएको छैन । तर हामीले सरकारले गरेका प्रतिबन्धहरुलाई वेवास्ता गर्यौ भने माहामारीको अवस्था नआउँला भन्न सकिदैन । विश्व भयावह भएको अवस्थामा हामीले कुनै पनि कुराको लोभ नगरी जसोतसो पानीसँगै खाएरै भएपनि लकडाउनको पालना गरौँ । आफु बचाँ र अरुलाई पनि बचाउँ । सबैलाइ सुरक्षित रहन सम्पत्ति न्यूज स–परिवार यहि बाटै आग्रह गर्दछ ।

प्रकाशित मिति:April 13, 2020