मोरङ। मोरङ जिल्लाको सुन्दर हरैचा नगरपालिकामा आज भएको वाम गठबन्धनका कार्यकर्तासँगको भेटघाट कार्यक्रममा संघीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारीले सरकारले खटाएको ठाउँमा नगए कारबाही हुने बताएका छन् ।
मन्त्री पण्डितले भने, कर्मचारीहरुले सरकारी तलब खाएपछि सरकारले जहाँ पठायो त्यहीँ, जानुपर्छ नत्र कारबाहीको भागिदार बन्न तयार रहे हुन्छ ।
संक्रमणकालीन अवस्थामा तीनवटै तहमा कर्मचारी खटाउनुपर्ने भएकाले कर्मचारीलाई बिदा दिने पक्षमा सरकार नभएको उनको धारणा थियो ।