राहतका साथै घरभाडा छुट दिने ललितपुरका घरबेटि

  Sampatti News

April 14, 2020

ललितपुर । ललितपुरकाे महालक्ष्मी नगरपालिका -२ निवासी अर्जुन राईले लकडाउनकाे असरलाई मध्यनजर गर्दै आफ्नाे घरमा भाडामा बस्ने सम्पुर्णलाई एक महिनाकाे काेठाभाडा मिनाहा सहित राहत समेत दिएका छन् ।


राईले आफ्नाे घरमा १० वटा काेठामा बस्दै आएका सबैलाई एक महिनाकाेे काेठाभाडा मिनाहा सहित राहत दिएका हुन् । जसमध्येबाट ७ वटा काेठामा भने शारीरिक अपाङ्गता भएकाहरु बस्दै आएका छन् ।


घरधनि राईका अनुसार डेढ बर्ष अघि ती अपांङ्गता भएकाहरुकै आग्रहमा उनले आफ्नाे खालि जग्गामा काेठा निर्माण गरेपछि एक वर्षयता देखि उनीहरु यहि बस्दै आएका छन् ।

” एक वर्ष अगाडि मेराे एकजना बहिनिसँग चिनजानमा रहनुभएका उहाँहरुले उपत्यकामा कसैलेपनि रुम दिन नमानेकाे र दिईहाले पनि एकदम असहजताका साथ दिएकाे बताउँदै यहाँ बस्ने टहराे बनाईदिन आग्रह गरेपछि मैले उहाँहरुका लागि काेठा तय गरेकाे हुँ । “राईले भने ।


राईले उनीहरुलाई परी आएकाे समयमा सधै सहयाेग गर्दै आएकाे ती अपाङ्गता मध्ये एकले बताए ।

लकडाउनकाे कारण सामान्य मानिसलाई समेत गुजारा गर्न ह्वाम्मे ह्वाम्मे परिरहेकाे बेला उनले यसरी सहयाेग गर्नु एक उदाहरणीय काम मात्र नभइ एक सन्देश पनि हाे । उनले आफुले सक्दाे प्रयास गरेकाे र याे लकडाउनमा परिस्थितिअनुसार सहयाेग गर्ने बताएका छन् भने बाहिर (विदेश) पनि सहयाेगकाे लागि कुरा गरेकाे समेत जनाए ।

स्वार्थ र व्यस्तताले चिनिने उपत्यकामा मनकारि राईले मावताकाे संदेशलाई दरिलाे बनाएका छन् । खालि जग्गामा आफैले टहरा बनायर उनीहरुलाई न्यून दरमा काेठा भाडामा दिनुले नै उनकाे महानता दर्शाउछ ।

राईले प्राय: विशेष दिन आउँदा उनीहरुलाई आफुसँगै राखेर खाना खुवाउने समेत गर्छन् । घरधनि मात्र नभई एक अभिभावककाे जिम्मेवारी समेत निभाउँदै आएका राई याे नयाँ वर्षका दिनमा पनि सबैलाई सँगै राखेर खाना खुवाएका थिए ।

नयाँ बर्षमा खाना खुवाउँदै


सामाजिक सेवामा सधै तत्पर रहने उनले याे भन्दा पहिला पनि धेरै क्षेत्रमा सहयाेग गर्दै आएकाे स्थानियले बताउँछन् । उनकाे याे सेवाकार्यबाट जाे काेहिपनि प्रभावित हुन्छन् । उनकाे याे कार्यबाट मानवता सन्देश जाे काेहि पनि घरबेटिले सिक्नुपर्ने अवस्था छ ।

घरधनी अर्जुन राई र उनकी श्रीमती,

प्रकाशित मिति:April 14, 2020