सनसिटिमा बस्ने दुईकाे काेराेना पुष्टिसँगै अर्थमन्त्री डा.खतिवडा जाेडिए, वास्तविक के हाे त ?

Nepal Cover
२ बैशाख २०७७, मंगलवार
image

काठमाडौ । काठमाण्डौको पेप्सीकोला स्थित सनसिटि अपार्टमेन्टका तीन जना मध्ये दुईजनामा काेराेना पाेजेटिभ देखिएकाे छ भने एकजनामा नेगेटिभ देखिएकाे छ ।

परिक्षण भएकाे साे परिवारका दुई जना (आमा र छोरा ) मा कोरोना पुष्टि भएको हाे भने बुहारिमा नेगेटिभ देखिएकाे छ ।

र्यापिड टेस्ट किट मार्फत परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर स्वाब परिक्षण गर्दा पनि उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो। उनीहरु मध्ये आमा बाहेक दुई जनामा कोरोना देखिएको पुष्टि गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ ।

बेलायतबाट चैत ५ गते नेपाल फर्किएका उनीहरुमा कोरोना पुष्टि भएयता अर्थमन्त्री डा युबराज खतिवडासँग जोडिएर विभिन्न समाचार आएका छन्।
अपार्टमेन्टको वेलफेयर सोसाइटीको चैत ८ गतेको चुनावको लागि उनीहरु बेलायतबाट नेपाल आएको र उक्त चुनावमा अर्थमन्त्री खतिवडाका छोरा तिलक खतिवडा सचिवमा निर्वाचित भएका थिए। 

सनराइज बैंकमा कार्यरत अर्थमन्त्री खतिवडाका छोरा तिलक खतिवडा अपार्टमेन्टको ‘बि ब्लक’ को  तेश्रो तलामा बस्दै आएका छन। कोरोना  पुष्टि  भएका भनिएका परिवार ‘ए ब्लक’ मा बस्छन्। १७ तलाको पांच वटा ब्लक भएको अपार्टमेन्टमा ४०० परिवारका करिब १६०० जना बसोबास गर्दै आएका छन।

अर्थमन्त्री खतिवडा श्रीमतीलाई लिएर नातिनी भेट्न अपार्टमेन्ट पुगेको अपार्टमेन्टमा बस्दै आएको अर्को परिवारले जनाएका छन् । उनि बेला बखत आफ्नो छोराको परिवारलाई भेट्न त्यस अपार्टमेन्टमा पुग्ने गरेकाले यसलाई अनावश्यक मिडियाबाजी गर्न नहुने अपार्टमेन्टमा बस्दै आएका अरु परिवारहरु बताउछन। 

अर्थमन्त्री खतिवडा  सहित उच्च पदमा कार्यरत बैंकरहरु लकडाउनमा समेत सकृय रुपमा काममा रहेकाले उनीहरुसँगको सम्पर्कमा धेरै व्यक्ति आएको अनुमान गरिनु स्वाभाविक भएपनि मिडियाकर्मीले त्यसलाई सन्तुलित तरिकाले रिपोर्टिंग गर्नुपर्ने अपार्टमेन्टवासी बताउछन।

अपार्टमेन्टमा विदेशबाट आएका ६१ जना रहेको भन्ने सूचनाको आधारमा सोमबारसम्म अपार्टमेन्टका ६६ जनामा र्यापिड टेस्ट किट मार्फत परिक्षण गरिएको कागेश्वर मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले बताए। त्यहि परिक्षणमा बेलायतबाट फर्किएका एकै परिवारका ३ जनामा कोरोना पोजेटिभ देखिएको उनले बताए।