काभ्रेमा पनि देखियाे काेराेना: दुइजनाकाे रिपोर्ट पाेजेटिभ

  Sampatti News

April 14, 2020

धुलिखेल ।  काभ्रेमा गरिएको र्यापिड टेष्टमा दुई जनामा कोरोना भाइरस पाजेटिभ देखिएकाे छ ।

काभ्रेकाे बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिका गरि दुई गाउँपालिकामा गरिएको र्यापिड टेष्टमा कोरोना भाइरसको रिपोर्ट पाेजेटिभ देखिएकाे हाे ।

संक्रमित हुनेमा बेथानचोक गाउँपालिका वडा नम्बर ५ का एक २८ वर्षीय पुरुष र मण्डनदेउपुर नगरपालिका वडा नं ३ नयाँगाउँकाका २१ वर्षीय एक यूवक रहेकाे पाईएकाे छ ।
बेथानचाेकका संक्रमित भारतबाट चैत ९ गते घर फर्किएकाेगाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सीनाले बताएका छन्, भने मण्डनदेउपुर नगरपालिका संक्रमित दुवैबाट अाएकाे वडा अध्यक्ष दिलबहादुर तामाङले बताए ।

धुलिखेल अस्पतालमा साताकाे दुइ दिन आइतबार र बुधबार काेराेना भाइरसकाे परिक्षण हुदैँ आएको छ । जिल्लाका स्थानीय तहरूमा २०७६ साल चैत ३० गते देखि परिक्षण सुरु गरिएको थियो । चैत १ गतेदेखि विदेशबाट फर्किएहरुको परिक्षण भइरहेको छ ।तर जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले भने पुष्टि गरेको छैन । ल्याबको आधिकारिक रिपोर्ट नआउँदासम्म आफुले पुष्टि गर्न नसक्ने जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताए ।

प्रकाशित मिति:April 14, 2020