राप्रपाका सांसदहरूले १५ दिनकाे तलब काेराेना काेषमा राख्ने

  Sampatti News

April 16, 2020

काठमाडौँ । नेपाल सरकारले खडा गरेकाे कोरोना संक्रमण, रोकथामका तथा नियन्त्रण काेषमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सांसदले १५ दिनको तलब सहयोग गरेका छन् ।
यस्ताे आपतकालिन समयमा सबैले आफुसक्दाे सहयाेग राष्ट्रलाई गर्नुपर्ने हरेक नागरिककाे कर्तव्य रहेकाे भन्दै उनीहरुले १५ दिनकाे तलब काेषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट वाग्मती प्रदेशमा रीता माझी र रिना गुरुङ, प्रदेश १ मा इन्दिरा राई र कर्णाली प्रदेशमा सोशिला शाही प्रदेशसभा सांसद सदस्य रहेका छन् ।

उनीहरुले आआफ्नो प्रदेश सरकारले खडा गरेको कोरोना रोकथाम कोषमा रकम जम्मा गर्ने राप्रपाका केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए ।

सहयाेग स्वरुपकाे याे रकमले काेराेना विरुद्ध लड्न सरकारलाई आंंशिक रुपमा भएपनि सहयाेग पुग्ने विस्वास रहेकाे भद्राले बताए ।

प्रकाशित मिति:April 16, 2020