April 16, 2020
बाँके । नेपालगञ्जको जयरपुरमा रहेको दशगजा नजिकै क्वरेण्टीनमा रहेका १८१ जनामध्ये १६६ जनामा गरिएको र्यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबदुर चन्दका अनुसार नेपालगञ्ज उप–महानगरपालिकाको समन्वयमा बिहीबार बिहान भएको र्यापिड डायग्नोस्टिक टेष्ट(आरडीटी) परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हाे ।
शाखा प्रमुख चन्दका अनुसार क्वारेण्टीनमा १८१ जना बसेकोमा बिहीबार १६६ जनाको आरडीटी भएको हो । १५ जनाको पहिले नै पीसीआर जाँच भइसकेको छ । यसैगरी नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वरेण्टीनमा बसेका २४ जनामध्ये ६ जनाको पनि बिहीबार नै आरडीटी हुने भएको छ ।
प्रकाशित मिति:April 16, 2020
November 23, 2024