कस्तो छ आजको मौसम : कहाँ कहाँ छ वर्षाको सम्भावना ?

  Sampatti News

May 17, 2022

काठमाडौं – आज पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका मौसमको प्रभाववारे विवरण सार्वजनिक गरेको छ ।
हाल प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका लगायत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती पनि मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति:May 17, 2022