काेराेनाबारे अफवाह फैलाउने पत्रकार श्रेष्ठलाई पक्राउ गर्न प्रेस काउन्सीललाई प्रहरीको सिफारिस

  Sampatti News

April 16, 2020

काठमाडौं  । काठमाडौं उपत्यकामै १५ सय जनामा कोरोना संक्रमण रहेको भनि अफवाह फैलाउने पत्रकार अनलाइनपत्रिका डटकमका अध्यक्ष/प्रधानसम्पादक सुविन कुमार श्रेष्ठलाई  काराबाही गर्न प्रहरीले  प्रेस काउन्सिलमा सिफारिस गरेको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार प्रेस विज्ञप्ति प्रकासित गरी सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले काठमाडौं उपत्यकामै १५ सय केस रहेको भनि बताएको भन्ने भिडियो सेयर गर्ने व्यक्ति  अध्यक्ष/प्रधानसम्पादक श्रेष्ठ रहेको अनुसन्धानबाट खुल्न आए बताएको छ।

प्रहरीले त्यसबारे डा.राजभण्डारीसँग बुझ्दा आफूले भिडियोमा भनेजस्तै केही कुरा नभनेको र नेपालखबरमार्फत खण्डन समेत गरिसकेको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले ‘उक्त अफवाहपुर्ण समाचार सम्प्रेषण गर्ने व्यक्तिलाई आवश्यक कारबाहीको लागि प्रेस काउन्सिल नेपाललाई जानकारी गराइएको’ जनाएको छ।


प्रकाशित मिति:April 16, 2020