गृृह सचिव न्यौपानेद्वारा स्वास्थ सामग्री हस्तान्तरण

  Sampatti News

April 16, 2020

काठमाडौ ।गृह सचिव महेश्वर न्यौपानेले उपत्यकामा खट्ने प्रहरी र महानगरपालिकामा सरसफाइमा खट्ने कर्मचारीका लागी आबश्यक स्वास्थ सामग्री सेनिटाइजर ग्लोबस मास्क सहितका सामग्री आज हस्तान्तरण गर्नु भएको छ।

गृह सचिब न्यौपानेले उपत्यकाका डिआजी बिश्वराज पोख्रेललाई सामना हस्तान्तरण गर्दै यस्तो विषम परिस्थितिमा नेपाल प्रहरीले दिनरात नभनी आ आफ्नो जिम्मेवारी सन्तोषजनक ढ्ङले पुरा गर्नुभएको भन्दै प्रशन्सा समेत गर्नुभयाे ।

त्यसैगरि काठमाडौं महानगरपालिकाका वातावरण बिभाग प्रमुख हरिकुमार श्रेष्ठलाई पनि महानगर पालिका भित्रकाे फोहोर मैलो ब्यबस्थापनमा सहयोग तथा मद्दत पुर्याउने उद्देश्यले सामाग्री हस्तान्तरण गरिएको सचिब न्यौपाने बताउनुभयो ।


स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल उपत्यका ट्राफिक प्रमुख भिम ढकालको समेत सहभागिता रहेकाे थियो।

गृह मन्त्रालय का सचिबले प्रदान गरेका सामाग्री कारण संक्रमणको त्रासमा काम गर्ने रास्ट्रसेवकहरुको मनोबल उच्च भएको प्रमुख जिल्ला अधिकारी दहालले सम्पत्ति न्युजसँगको कुराकानीमा सामाग्री हस्तान्तरण को जानकारी गराउदै यसाे भन्नू भएकाे हाे ।

प्रकाशित मिति:April 16, 2020