बाग्लुङकि काराेना संक्रमित निकाे भईन: डिस्चार्जकाे तयार

  Sampatti News

April 17, 2020

काठमाडाैँ । काेराेना संक्रमित भएकी बाग्लुङकि महिलाकाे तेस्रो पटककाे रिपोर्ट नेगेटिभ आएकाे छ ।
कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिला निको भएकी हुन् । उनको तेस्रोपटक गरिएको जाँचको रिपोर्ट नेगेटिभ आएसँगै निकाे भएको हो । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी उनमा गत चैत २० गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

“उहाँको तेस्रो जाँचमा नेगेटिभ नतिजा आएको छ, थप जाँचका लागि स्वाबको नमूना पोखरा पठाउँछौँ”, धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बी पोखरेलले भने, “अर्को रिपोर्ट पनि नेगेटिभ आए डिस्चार्ज गर्छौँ ।”
महिला १५ दिनदेखि अस्पतालको आइसोलेशन वार्डमा उपचाररत छिन् । उनको स्वास्थ्यावस्था सामान्य रहेको पोखरेलले बताए । हाल उनलाई उच्च रक्तचाप र दमको मात्र पुरानै औषधि चलाइएको छ ।

प्रकाशित मिति:April 17, 2020