सहर पसेका र विदेशिएका युवालाई गाउँमै कृषि व्यावसायमा प्राेत्साहन गर्छाै : मेयर, रीतबहादुर थापा

  Sampatti News

April 17, 2020

गुल्मी । मालिका गाउँपालिका गुल्मीले गाउँपालिका भित्रकाे जग्गालाई बाँझाे नराख्ने उद्देश्यका साथ बाँझाे जग्गा धनी र खेती गर्न चाहने किसानबीच कृषिसम्बन्ध विस्तार गर्न लागेकाे छ ।

गाउँपालिकाले पालिका भित्रका वासिन्दालाई आफुसँग भएकाे बाँझाे जग्गाको विवरण र खेती गर्न चाहनेले आवस्यक विवरण पालिकामा बुझाउन समेत आह्वान गरिकेकाे छ ।
पालिकाले बिहिवार विज्ञप्ति निकाल्दै बाँझो जग्गाको विवरण संकलन गर्दै बाँझो रहेकाे जग्गा धनिले उक्त जग्गामा खेती गराउन चाहेमा र जग्गा पाए कृषि गर्न इच्छुक कृषकले पालिकाले ताेकेबमाेजिम आवस्यक विवरण पालिकामा बुझाउन अाह्वान गरेकाे छ । साथै साेहि जग्गामा व्यावसायिक खेती गर्न चाहेमा अनुदान समेत दिने पालीकाले जनाएकाे छ ।

विवरण पेश गर्नका लागि जग्गा धनी पुर्जा प्रमाण प्रतिलिपी,जग्गा लिज वा भाडामा लिएकाे भए साेकाे स्पष्ट प्रमाण, जग्गा लिजमा दिन चाहने जग्गा धनीले साे सम्बन्धि निवेदन, नागरिकताको प्रतिलिपी र बाँझो जग्गा खेतिगर्न चाहेकाे विवरण सहितकाे प्रस्तावना यहि बैशाख १९ गतेसम्म पालिकामा बुझाउनु पर्ने छ ।
अहिले अधिकाशं मानिस कृषिमा उपेक्षित देखिएकाे कारण अब मालिका गाउँपालिकाले उत्पादनकाे ग्यारेन्टी लिएर युवालाई कृषिमा प्राेत्साहन गर्ने याेजना लिएकाे गाउँपालिका मेयर रितबहादुर थापाले बताए ।

अहिले अधिकाशं बाँझिएकाे र मान्छेहरु कृषिमा आकर्षित नभएकाे अवस्था छ, यसलाई मध्यनजर गर्दै हाल जति जग्गाहरु बाँझिएका छन् सबै संकलन गरेर यसलाई उत्पादन शिल बनाउने पालिकाकाे उद्देश्य रहेकाे मेयर थापाले बताए ।
” हामिले यसलाई युवा स्वराेजगार कार्यक्रम पनि भनिरहेका छाै । यदि युवाहरूले बाँझाे जग्गा गर्न चाहेकाे खण्डमा जग्गा लिजमा संकलन गर्नुका साथै गर्न चाहेकाे कृषिको प्रकृति अनुसार अार्थिक सहयाेग समेत गर्ने छाै । ” – उनले भने ।

उत्पादन देखि बजारिकरणसम्म समेत सहयाेग गर्ने हाम्राे याेजना रहेकाे छ । यसका लागि प्रत्येक वडामा सहकारि सञ्चालन गरिसकेका छाैं, सहकारि मार्फत सबैकामहरु सञ्चालन हुनेछ । अनुदान देखि बजार व्यावस्थापन समेतकाे जिम्मा सहकारीलाई दिएर याे याेजनालाई व्यावस्थित गराउन पालिका लागि परेकाे उनले बताए ।
” बाँझाे जग्गाको विवरण संकलन भएपछि जग्गालाई उत्पादन क्षमताकाे आधारमा विभिन्न पकेटमा विभाजन गरिने छ, जहाँ जुन किसिमकाे कृषि उत्पादन बढि हुन्छ त्यहि मात्र गरि उत्पादन गर्ने काम हुनेछ । याेजनाअनुसार एक बर्षे भन्दापनि बहुवर्षे उत्पादनलाई प्राथमिकता दिईने छ । ” उनले भने ।
उनले हिजाे खेती गरेर आज बाँझाेरहेकाे जग्गा पालिका भित्र कसैले भाेलीपनि बाँझाे राख्छ भने उसलाई करकाे दायरा फराकिलाे बनाउने समेत बताए ।
“अहिले कामकाे खाेजिमा सहर पसेका र बिदेशीएका यूवाहरुलाई गाउँकाे उत्पादनमा नै प्राेत्साहित गर्ने छाै, युवाहरुलाई बाहिर भाैतारिन दिने छैनाै । जाेस जाँगर बाेकेका हाम्रा युवाहरु हामीसँगै रहने छन्, यही व्यावसायि बनेर बस्नेछन् ।” उनले भने ।

पालिकाकाे याे कार्यले “जग्गा कतै बाँझाे त कतै खाँचाे”काे समस्या समाधान गर्नुका साथै कृषि गर्न चाहनेलाई अवसर प्रदान गरेकाे छ ।
पालिकाकाे याे सर्हानिय कार्यले जग्गा नभएर भाेकै बस्नु पर्ने तथा दिनभर काम गरेर साँझ बिहानकाे छाक टार्नु पर्ने अवस्थाकाे परिवारलाई निकै नै सहजता ल्याउने छ भने चाहेर पनि जग्गामा खेती लाउन नसकेकाकाे लागि समेत खुसि ल्याउने छ ।

स्थानीयहरुले याे अवसरकाे राम्रो सदुपयाेग गर्न सकेभने जारी विश्वव्यापी काेराेना जस्ता प्रकाेपकाे समस्या युवाहरुले विदेशमा खप्नु नपर्ने अधिकारिहरु बताउँछन् ।
यसै पनि काेराेना प्रकाेपले विदेशिएका नेपालीहरु नेपाल फर्कने क्रम बढ्दाे छ । याे अवस्थामा उनीहरु यहि अवसरलाई हात पार्ने हाे भने नेपाल आएर जागिरकाे खाेजि गर्ने नभई स्व राेजगार बन्ने ठुलाे माैका रहेकाे छ ।
गुल्मिकाे एक गाउँपालिकाबाट सुरुवात भएकाे कार्य कृषि प्रधान देश नेपालभर लागू गर्नुपर्ने अहिलेकाे आवस्यकता हाे ।

प्रकाशित मिति:April 17, 2020