बालुवाटारमा गठबन्धनबीच छलफल सुरु

  Sampatti News Online

June 6, 2022

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनबीच छलफल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज (सोमबार) बिहान छलफल भएको हो ।

छलफलमा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए ।एकीकृत समाजवादीले आफ्ना पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गर्ने निर्णय हिजो (आइतबार) सचिवालय बैठकबाट गरेको थियो ।

प्रकाशित मिति:June 6, 2022