नेपालमा ३ जना काेराेना संक्रमित निकाे भए: छैटौं कोरोना संक्रमितकाे अन्तिम रिपोर्ट नेगेटिभ

  Sampatti News

April 18, 2020

काठमाडौं । नेपालको दाेस्राे कोरोना संक्रमितकाे अन्तिम रिपोर्ट नेगेटिभ आएकाे छ ।

चैत २० गते संक्रमण पुष्टि भएकि बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको हाे।

” महिलाकाे अन्तिम रिपोर्ट नेगेटिभ आएकाले अब डिस्चार्ज गर्ने तयारी गरिएको छ ” जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले भने ।

वृद्धलाई काेराेना  संक्रमण पुष्टि भएपछि उनलाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।

उनी चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् । सोही दिन एउटै विमानबाट  नेपाल आउने तीन जनामा कोरोना संक्रमण देखिएको थियो ।

तीमध्ये काठमाडौंकी युवती शनिबार डिस्चार्ज भएकी हुन् । बागलुङकी अर्की युवती भने धौलागिरि अस्पतालमा उपचाररत छन् ।

प्रधानमन्त्री केपी शर्मा अाेलिले काेराेना संक्रमितकाे डिस्चार्ज भएकाे कुरा फेसबुकमा पाेष्ट गर्दै उपचारमा आबद्ध सबैलाई धन्यबाद समेत दिनुभएकाे छ ।


प्रकाशित मिति:April 18, 2020