धोबी खोलामा पुरुषको शव फेला

Nepal Cover
२४ जेष्ठ २०७९, मंगलवार
image

काठमाडौं । धोबी खोलामा एक जनाको शव भेटिएको छ ।

सुकेधारबाट कपन जानेबाटो नजिक खोलामा पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र शव निकालेर पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।