यस्तो नभएको भए
लेखक, जनकराज पन्त
सायद उ
बाख्रा चराएर फर्किरहेको हुन्थ्यो होला,
अरब तिर घर संम्झेर वसि रहेको हुन्थ्यो होला,
घर गाऊ सम्झेर परदेशबाट मन दुखाउॅदै हुन्थ्यो होला,
सिमानामा आएर भड्किरहेको हुन्थ्यो होला,
भोक भोकै पैदल हिड्नेको लस्करमा हुन्थ्यो होला,
शहरमा साहरा बिहिन भएर रुमल्लिएको हुन्थ्यो होला,
कति शोषित पिढित ,अपहेलित हुन्थ्यो होला,
गरिबी, भोक प्यासको बिचमा हुन्थ्यो होला,
बेसाहारा भएर कतै भौतारिरहेको हुन्थ्यो होला,
गरीब हुनु महाँपाप ठानेर कतै सुसाॅउधै हुन्थ्यो होला,
कोही दयाॅ गर्ने आउछकी भनेर बाटो चियाॅउदै हुन्थ्यो होला,
एक मुठि प्राण जोगाउन कति सकस सोच्दै हुन्थ्यो होला,
रीत्ता बोरामा हजार बार नजर डुलाउथ्यो होला,
मधुष, अनि टिनको बाकस हजारबार खोतल्थ्यो होला,
भोक, प्यास सब सजिलै पचाउने भै सक्थ्यो होला,