भारतीय विदेशमन्त्री राजनीतिक भेटघाटमा व्यस्त

Nepal Cover
५ मंसिर २०७५, बुधबार
image

दुइ दिनको नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुषमा स्वराज राजनीतिक भेटघाटमा व्यस्त छिन। उनले आएकै दिन बिहिबार बाटै राजनीतिक दलका नेताहरू संग भेटघाट गरेकी हुन्।

नेकपा एमालेले स्वराजको सम्मानमा हिजो राती राखेको रात्रिभोज कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य एमाले नेताहरु सित  स्वराजको भेटवार्ता  भएको छ । त्यसै गरि मधेसवादी दलका नेतालाई  सामुहिक रूपमा भेटेकी  छिन् ।

भेटवार्ता गर्ने क्रममा स्वराजले आज बिहानै माओबादी केन्द्रका अध्यक्ष प्रचन्डसंग भेटवार्ता गरेकी छिन्। स्वराज भेट्न प्रचण्ड एक्लै सोल्टी होटेल पुगेका थिए।

स्वराजले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटिकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र स्वराजबीच भेट भएको थियो भने राष्ट्रपतिसँगको भेटपछि स्वराज प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेकी  थिइन्। उनी आजै  भारत फर्कने कार्यक्रम रहेको छ।