मुग्लिन–आँबुखैरेनी सडक भासिँदा कार र मोटरसाइकल पुरियो, दुई जनाको मृत्यु एकको सनाखत

  Sampatti News

June 10, 2022

काठमाडौं । सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा शुक्रबार बिहान ४ बजे भासिएको सडकबाट बा १० च ४६४९ नम्बरको कार र मोटरसाइकल खसेको थियो । मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कार मानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ । नदी किरानबाट प्रहरीले दुई जनाको शव फेला पारेको छ ।

मृतकमध्य एक जना गोरखाको सिरानचोक गाउँपालिका स्थित छोप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।
पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उक्त सडक भासिँदा दुईतर्फी सवारी आवगमन अवरुद्ध भएको छ । पहिरोका कारण सवारी साधनको जाम भएपछि यात्रु अलपत्र परेका छन् ।

लामो जामका कारण यात्रुको बिचल्ली भएको छ । लामो जामका कारण विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालिबालिकालाई बढी सास्ती भएको छ ।

प्रकाशित मिति:June 10, 2022